home
exhibition
painting gallery
installation art
articles
in the news
photo gallery
about me
feedback
contact me

 
 

articles


कलामा मानवीय समस्याको समाधान खोज्दै विजय थापा

विश्वमा प्रत्येक पल राम्रा नराम्रा घटनाहरू घटिरहेका हुन्छन् । हरेकको जीवनमा घटने यस्ता घटनाहरूलाई स्वीकार्नै पर्ने बाध्यताले मानवलाई बाँधेको छ । तर यिनै घटनाहरूले जन्माएका उकुस मुकुस भावनालाई हृदयबाटै अनुभव गरेर व्यक्त गर्ने क्षमता भने हरेकसँग कहाँ हुन्छ र - त्यसरी नै सधैँ रङ्गको संसारमा डुबिरहने एउटा साधारण कलाकार ती पलहरूमा पनि भिन्दाभिन्दै रङ्गहरू देख्न पुग्दछ । त्यसैले त कलाकार विजय थापा आफूले देखे भोगेका ती पलहरूलाई जीवनको रङ्ग नाम दिन पुग्दछन् ।

कलाकार थापा आफ्नो कलामा सन्देश अनि मौलिक शैलीमा बढी प्राथमिकता दिनुपर्ने कुरामा जोड दिन्छन् । हुन पनि कलाकार थापाका चित्रहरूले समसामयिक घटनाका शृङ्खलाहरूसँगै मानवीय समस्याका समाधान खोजृ झैं लाग्दछन् ।

सन् १९६५ देखि कलाको गोरेटोमा प्रत्यक्ष रूपमा उत्रेका कलाकार थापाले वि.सं. २०१९ सम्म आईपुग्दा र्स्वर्गवासी राजा विरेन्द्रको कला(शिक्षक बन्ने सौभाग्य समेत पाए । त्यसपछि धेरै वर्षम्म कलाकार थापा कला क्षेत्रमा सक्रिय रूपले लागिपरे । तर पछि काठमाडौँको एकैनासको दिनचर्याबाट विरक्तिएर कलाकार थापा आफ्नो जन्मस्थान नवलपरासी पुगे । एक दशक लामौ स्वतन्त्र जीवन बिताएर कलाकार थापा वि.सं. २०५५ मा नवलपरासीबाट काठमाडौँ फर्किए । हाल कलाकार थापा नेपाल ललितकला संस्था -नाफा)का प्राज्ञ तथा प्रज्ञा प्रतिस्थानका सदस्य समेत छन् । बेलाबखतमा कला विषयमा कलम चलाउने कलाकार थापा जीवनमा घट्ने प्रत्येक घटनाहरूलाई गम्भीरतापर्ूवक आफ्ना कलामा समाहित गर्दछन् ।

जीवनलाई गहिरिएर महसुस गर्ने यी कलाकार कलाको बारेमा भन्नुहुन्छ - " कला एकमात्र त्यस्तो सशक्त साधन हो जुन अमूक भएर पनि बोलिरहेको हुन्छ ।" कलाकार थापा विशेषतः एक्रेलिक तथा तैल रङ्गमा खेल्न रुचाउँछन् । कलालाई जीवनको एक अभिन्न अंगको रूपमा लिने कलाकार थापा जीवनका समस्या, चिन्ता, सःख-दुःख, आशा, सपना, तनाव आदिलाई आफ्नो कलाका विषयवस्तु बनाउन रुचाउँछन् ।

२०५८ माघ २७
हिमालय टाइम्स

 

  © 2009 Sangee Shrestha. All Rights Reserved. Powered by: