home
exhibition
painting gallery
installation art
articles
in the news
photo gallery
about me
feedback
contact me

 
 

articles


हृदयको डायरीमा ः स्व. प्रशान्त श्रेष्ठ

सधैं झैं त्यो दिन पनि बिहान म क्याम्पसमा सैद्धान्तिक विषयको अध्ययन गरिरहेको थिएँ । त्यतिनै बेला कक्षाकोठाको बाहिर क्याम्पसकै एकजना सिनिएर दाजु दखिनुभयो । जोसँग म नजिकबाट परिचित थिएँ । उहाँले सरलाई बाहिर बोलाउनु भयो र केही कुरा गर्न थाल्नुभयो । अनि अकस्मात उहाँले मलाई बाहिर बोलाउनु भयो र म अचम्मित हुन पुगेँ । एकछिन पछि उहाँको कुरा सुनि म स्तब्ध भएँ, "उहाँ बित्नुभयो"। "को-..." मैले साधेँ । मेरो प्रश्न पूरा हुन नपाउँदै उहाँको 'प्रशान्त दाई' भन्ने शव्दले मेरो मनमा हुरी चल्न थाल्छ । मेरो अन्तरआत्माले मान्न तयार हुँदैन । बीर अस्पतालमा राखिएको छ भन्ने थाहापाउना साथ बेञ्चमा राखिएको सामानहरु सबै त्यतिकै छाडेर म अस्पताल तिर हुत्तिन्छु ।

भोटाहिटी देखि बीर अस्पताल सम्मको बाटो काट्न पनि मलाई मुश्किल पर्छ । आँखाभरि उहाँको अनुहार झल्झली आउँछन् । जब म अस्पताल पुग्छु, सिरकमा छोपिएको प्रशान्त दाईको शब देखेर सम्हाल्दा सम्हाल्दै पनि आँखामा आँसु सल्बलाउन थाल्छन् । उहाँको शब पशुपति लगिन्छ र चिरदाह गर्ने तयारी हुन्छ । मलाई भन्न मन लाग्छ, "नबनाउ खरानी हाम्रो दाजुलाई !" तर परम्पराको विधीलाई म रोक्न सक्दिनथेँ ।

बितेका दिनहरु एक एक गरी मेरो आँखा अगाडि आउन थाल्छन् ।

२०५३ सालतिर नाफा जाने क्रममा मेरो उहाँसँग परिचय भएकोथियो । उहाँ मिलनसार हुनुहुन्थ्यो । उहाँ सधैँ कलाप्रति चिन्तनशिल देखिनुहन्थ्यो । उहाँ आप\mनो पेन्टिङ देखाउँदै सोध्नुहुन्थ्यो, " संगी, पेन्टिङ कस्तो छ -" । निलो पृष्ठभुमीमा बनेको उहाँको पेन्टिङ मलाई यति सुन्दर लाग्थ्यो कि मसँग व्यक्त गर्ने शव्द नै हुन्नथ्यो । अनि म "राम्रो छ" भनेर छोटो मात्र उत्तर दिन्थेँ । "धत् ! पेन्तिङ सिकिरहेकाहरुले पनि त्यस्तो भन्ने हो - के मन पर्यो के मन परेन भन्नर्ुपर्छ , अनि पो काम देखाउन मज्जा आउँछ, हैन र -", उहाँ हँसिलो मुद्रामा भन्नुहुन्थ्यो । निकै कल्पनाशिल र मेहनती प्रशान्त दाईको परिकल्पनामा स्थापित 'काष्ठमण्डप आर्ट स्टुडियो' ले उहाँको सम्झना दिलाइरहेको छ ।

२०५४ सालतिर नाफाबाट कुपण्डोलमा सरेको त्यो स्टुडियो मेरो घरबाट १५ मिनेटको मात्र दुरीमा रहेको भएपनि म त्यहाँ जाने क्रम करिब करिब टुटि नै सकेको थियो । म झल्झली सम्झन्छु त्यो दिन, उहाँ बित्नु भन्दा करिव ६ महिना अघिको कुरा हो । म एकदिन धेरै समयको अन्तरालमा स्टुडियो पुगेकी थिएँ । उहाँले अचम्म मान्दै सोध्नु भएको थियो, "संगी, तिमी कहाँ हराएकी -" । मैले भनेथेँ, "आफूलाई खोज्दैछु, प्रशान्त दाई !" । "ओहो ! कस्तो एब्स्ट्राक्ट कुरा गर्छर्ेेंगीले त !" यसरी मेरो उत्तरमा उहाँ हाँस्नु भएकोथियो । सधैँ कला विकासको सोचमा डुब्नु हुने प्रशान्त दाई निकै प्रतिभाशाली कलाकार हुनुहुन्थ्यो । उहाँको त्यही लगनशिलताले गर्दा नै छोटो अवधिमै कलाप्रेमी दर्शकहरु सामू परिचित हुनु भएको थियो ।

सधैँ गहिरो मुस्कानमा देखिनु हुने प्रशान्त दाईको अन्तर आत्मामा कुनै रहस्य थियो भन्ने कुरा मैले तब बुझेँ, जब म स्टुडियोमा एकदिन उहाँसँग थिएँ । त्यो दिन उहाँले मलाई आफ्नो कामलाई निरन्तरता दिन मलाई सम्झाइ रहनु भएको थियो । उहाँ भन्दै हुनुहुन्थ्यो, "जीवनमा धेरै गर्नु छ, जीवन त्यतिकै खेर फाल्नु हुँदैन ।" आफ्नो कल्पनालाई साकार पार्दै मेहनतमा रमाउनु हुने उहाँ काम गर्न सबैलाई घचघच्याउनु हुन्थ्यो । सधैँ नयाँ आउने कलाकारहरुका लागि आफ्नो तर्फाट केही गर्नु पर्छ भन्ने सोचाईले उहाँ छटपटिनु हुन्थ्यो । लाग्थ्यो, कला विकासको सम्पर्ूण्ा अभिभारा उहाँलाई सुम्पिएको छ ।

सन १९६८मा साँखुमा जन्मनु भएको प्रशान्त दाई कला क्षेत्रमा सन १९८९ मा एकल कला पर््रदर्शनी मार्फ देखापर्नु भएको थियो । आफ्नो घरबाट टाढिएर कलाको लागि स्टुडियोमै आफ्ना सम्पूणै समय विताउनु हुने उहाँ कलामा कति समर्पित हुनुहुन्थ्यो भन्ने वारेमा सजिलै बुझ्न सकिन्थ्यो । उहाँको त्यही र्समर्पणले गर्दा नै हामी उहाँलाई युवा कलाकारहरूमाझ अग्रपंक्तीमा पाउँथ्यौँ । चित्रकला वाहेक उहाँको झुकाव संगीतमा पनि थियो । संगीतलाई पनि उहाँ आफ्नो जीवनको अभिन्न अङ्गको रुपमा लिनुहुन्थ्यो । आफ्नो भ्वाइलिनमा उहाँ मधुर ध्वनी प्रवाहित गर्दै आफूलाई विर्सनु हुन्थ्यो ।

घरको सानो सदस्यको रुपमा जन्मनुभएको उहाँ सानो उमेरमा नै हामी र कला क्षेत्रलाई यसरी बीचमा नै छोडेर यो संसारबाट अदृश्य हुनुहुनेछ, यो हामीले कहिल्यै सोचेका थिएनौँ । उहाँ अदृश्य भइसक्नु भएको थाहा हुँदाहुँदै पनि लाग्छ उहाँ सधैँ हामी माझै हुनुहुन्छ । तर उहाँ त आफ्नो नामकै अदृश्य सागरमा हराउनु भएको छ आफ्नो अमित छाप छोडेर । उहाँले छाडेर जानुभएका उहाँका कलाकृतिहरुले उहाँलाई युगयुगसम्म जीवन्त राखिरहने छ ।

- गतिविधि साप्लाहिक
२०५६ फागुन

 

 

  © 2009 Sangee Shrestha. All Rights Reserved. Powered by: