articles
जीवनका लागि कलामा भिजेकी कलाकार रागीनी उपाध्याय
उहाँका चित्रहरु यथार्थ प्रतिविम्वको धरातलमा भन्दा सांकेतिक धरातलमा उभिएको पाइन्छन् । उहाँका सिर्जनाहरुले नारीका चित्कार अनि जीवनमा भोग्नु परेका कुण्ठाहरुलाई करुण आवाजमा सुनाइरहेको देखिन्छ ।
हुन पनि कलाकार स्वयम्मा अति सम्वेदनशिल हुन्छ । त्यसैले कलाकारको सिर्जनामा उसका भावनाहरु प्रकट भएको हामी पाउँदछौँ । कलाकारहरु आफ्ना मुटुमा उर्लेका भावनाहरु विभिन्न माध्यमबाट विभिन्न विधिहरु अपनाएर आफ्ना कलाकृतीमा उतार्छन् । त्यसैगरी कलाकार रागिनी उपाध्याय पनि कुनै विशेष विषयवस्तुलाई प्रतिकको रुपमा प्रयोग गरेर आफ्ना नारीप्रतिको भावनाहरु क्यानभासमा उतार्न पारङ्गत हुनुहुन्छ । उहाँका हरेक सिर्जनामा अभिव्यक्त नारी भावनाहरु जीवन्त देखिन्छ । त्यहाँ अर्थको भीड लाग्छ । उहाँका चित्रहरुले गहन अर्थ बोकेकै कारणले कला पारखीहरुलाई उहाँका चित्रमा अभिव्यक्त भावनाहरुलाई बुझ्न आफ्नो दिमाग खियाउन वाध्य गराउँदछ । उहाँका एक्रेलिक माध्यममा सृजित चित्रहरु बढी भावपर्ूण्ा देखिन्छन् । पहेँलो र सुन्तला रङ्गमा उहाँको बढी झुकाव देखिन्छ ।
नारीले आफ्नो जीवनमा भोग्नुपरेका अपहेलना र अप्ठेराहरुको र्स्पर्श उहाँका चित्रहरुमा पाइन्छन् । नारी शरीरभरि आँखा प्रतिविम्वित गरेर कहिले आफ्नै खुट्टामा ताल्चा लगाएका चित्रहरु बनाएर , कहिले 'देवी र नारी' त कहिले 'नारी विरुद्ध हिंसा' जस्ता प्रभावकारी शिर्षहरुबाट उहाँभित्रको नारी प्रतिको भावना प्रष्ट हुन्छ । नारी माथि बन्धन बाँधिन्छ र उसका सम्पर्ूण्ा भावनामाथि खेलवाड गरिन्छ । तर नारी जातीमा हुने सहनशिलताले गर्दा उसका भावी पुस्ताले पनि यस्तै समस्याहरुको सामना गरि नै रहनुपर्ने हुन्छ । यस्ता समस्याहरुमा नारी आफू स्वयम् कति दोषी छन् - उहाँ आफ्ना सिर्जनाबाटै प्रष्ट पार्न खोज्नु हुन्छ र भन्नुहुन्छ, "यस्ता समस्याहरु कसैले भोग्नु नपरोस् ।" "महिलाको उन्नति विना राष्ट्रको उन्नति हुन सक्दैन ।" उहाँ थप्नु हुन्छ, " हामी महिलाहरुले दृढ संकल्प र आत्म विश्वासका साथ अगाडि बढ्न सकेमा धेरै उन्नति गर्नसक्छौँ ।"
आजसम्ममा देशविदेशमा गरी ३१ वटा पर््रदर्शनी गरिसक्नु भएकी कलाकार रागिनी आप\mना बुबा देवीप्रसाद उपाध्यायको प्रोत्साहनबाट कलाक्षेत्रमा लागेको बताउनुहुन्छ । आजको पुरुष प्रधान समाजमा विवाहपश्चात पनि बुबाप्रतिको भक्तिभावका कारणले उहाँले आफ्नो नाम पछाडि उपाध्याय जोड्नु हुन्छ । विभिन्न तिता मिठा अनुभवहरु संगाल्दै संर्घष्ाको लामो दुरी तय गरेर सफल कलाकार हुनु भएकी कलाकार रागिनी वितेका दिनहरु सम्झेर आज हरेक पक्षमा आफूलाई परिपक्व भएको अनुभव गनुहुन्छ । कलामा डुब्दा आफूलाई नै बिर्सने कलाकार रागिनी जीवनको अन्तिम क्षणसम्म पनि यहि क्षेत्रमा समर्पित रहने प्रतिबद्धता व्यक्त गर्नुहुन्छ र भन्नुहुन्छ, " जीवनमा धेरै गर्नु बाँकी छ । कहिल्यै पनि स्रष्टाहरुले आफ्नो कामप्रति पर्ूण्ा सन्तुष्टि लिनु हुँदैन ।"
समग्रमा कर्म र भावनाप्रति विश्वास राख्ने कलाकार रागिनी उपाध्याय नेपाली कला धरातलमा बेग्लै स्थान बनाउन सफल हुनुभएको छ । उहाँका सिर्जनाहरुले समाजका हरेक विसंगतिका विरुद्ध बोलिरहुन ।
- वर्ण्र्ाासाप्ताहिक
२०५६ असार |