home
exhibition
painting gallery
installation art
articles
in the news
photo gallery
about me
feedback
contact me

 
 

articles


तेन्जिङ् नोर्बु शर्ेपा - एउटा सङ्र्घष्ामय जीवन

"ए ! रूख भनेको त यस्तो पो हुँदोरहेछ ! "

चौध वर्षगाडि एउटा २० वर्षो ठिटोले आप\mनो जीवनकालमा पहिलोपटक रूख देख्दा मुखबाट यस्तै शब्द निकालेथ्यो । उसले त्यो बेला रूख मात्र हैन, बिजुली बत्ती, मोटरगाडी पनि पहिलोपटक देखेको थियो । आज चौध वर्षछि त्यो ठिटो देशविदेशमा सयर गरी आप\mनो जीवन बिताउँदै छ ।

दर्ुगम डोल्पाको विकट ठाउँ तिन्जेमा जन्मेका तेन्जिङ नोर्बु शर्ेपाको जीवन कम्ती नाटकीय छैन । गाउँको एउटा पुरानो गुम्बामा आश्रति नोर्बुको परिवारको पुख्र्यौली पेसा चित्रकारिता थियो । सात वर्षो उमेरदेखि नै नोर्बु आफ्ना बाबुलाई थाङ्का बनाउन सघाउन थाले । पाँच पुस्तादेखि चित्रकारितालाई पेसा बनाउँदै आएको उनको परिवारको प्रभाव उनमा पर्नु स्वभाविकै थियो । त्यसैले गर्दा ड्रालुङ गुम्बामा उनले तिब्बती लिपिको तीन वर्षतीन महिना तीन दिन अध्ययन गर्दा उनलाई त्यसका लहरेदार अक्षरका पङ्क्तिहरूले बढी आकषिर्त गरे । फलस्वरूप उनले चित्रकारितालाई नै पेसा बनाउन पुगे । सुरुका दिनहरूमा हिउँ र बालुवामा चित्र बनाई उनले आफूलाई तिखारे र पछि काठको बोर्डमा बाँसको कलमबाट चित्र बनाउन थाले । २० वर्षो उमेरमा उनी 'मिलारेवा' र 'अमितोम्बो'को कथा थाङ्कामा उतार्न सिपालु भइसकेका थिए ।

१९९१को एकदिन जब नोर्बु मिलारेपाको कथालाई आफ्नो थाङ्कामा उतार्दै थिए तब एक विदेशी एक शर्ेपा युवकको साथ उनको कला उत्सुकतापर्ूवक नियालिरहेका थिए । जीवनमा पहिलोपटक खैरो कपाल र निला आँखा भएको मानिस देख्दा नोर्बुलाई अचम्म लागेको थियो । ती विदेशी विश्वप्रसिद्ध फोटोग्राफर तथा चलचित्र निर्देशक एरिक भ्याली रहेछन् । पछि, आफ्नो डोल्पा बसाइँ क्रममा तिनै एरिकले नोर्बुलाई काठमाडौं जान पटक-पटक आग्रह गरे । घरपरिवार तथा नोर्बुको मनले यसमा स्वीकृति जनाएको थिएन । फेरि केहि महिनामै एरिक नोर्बुलाई लिन डोल्पा पुगे । यसपटक भने एरिकले नोर्बुलाई काठमाडौं जान राजी गर्राई छाडे । यसरी नोर्बु डोल्पाको भित्री गाउँ जुकाल हुँदै काठमाडौंको यात्रामा हिँडे । यसै यात्रामा जीवनको वीसौं वसन्तमा पहिलोपटक रूख देख्दा निकैबेर घोरिएका नोर्बु आफ्ना साथीसहित नेपालगन्ज आइपुग्दा बिस्कुट, बिजुलीबत्ती, प्लेन, गाडी, आदि देख्छन् । तेन्जिङ नोर्बुका यिनै प्रसङ्गबाट प्रभावित भएर एरिक पछि आप\mनो फिल्म क्याराभानमा ती प्रसङ्ग जोड्न चुक्दैनन् ।

एक महिना १० दिनमा नोर्बु बल्ल काठमाडौं भित्रिन्छन् । काठमाडौं छिरेलगत्तै उनको जीवनले नयाँ मोड लिन पुग्छ । डोल्पामा रहँदा कहिले सानोतिनो रकम त कहिले सित्तैमा पनि चित्रकारि गर्दै आएका नोर्बुले प्रतिमहिना ४ हजार ५ सय रुपैयाँमा एरिकका लागि ठूला ठूला थाङ्का चित्र कोर्न थाले । नोर्बुले २ वर्षलगाएर तयार पारेको थाङ्का चित्र सहित एरिकले 'क्याराभान अफ हिमालय' पुस्तक निकाले ।

समय बित्दै जाँदा एरिकले 'क्याराभान' चलचित्र बनाउने निक्र्योल गरे । क्याराभानको कथावस्तुमा एउटा ठूलो थाङ्का र थाङ्का बनाउने एक कलाकारको अभिनय गर्न पनि उनले नोर्बुलाई नै चयन गरे । तर थाङ्का निकै ठूलो हुने र त्यो तयार पार्न समय धेरै लाग्ने हुँदा नोर्बुले अभिनय गर्न नभ्याउने बताएपछि एरिक अर्को कलाकारका साथ फिल्म छायांकनका लागि डोल्पा लागे । यता नोर्बु १५ हजार मासिक तलबमा थाङ्का बनाउन व्यस्त भए । दर्ुइजना सहयोगीसहित उनलाई सो थाङ्का पूरा गर्न ६ महिना लागेको थियो, जुन थाङ्कालाई क्याराभान चलचित्रमा एरिकले राम्रो स्थान दिएका छन् ।

क्याराभान निर्माण क्रममा त्यसका निर्माता ज्याक्वेस पेरियर नोर्बुको कलाबाट प्रभावित भई उनलाई प|mान्स बोलाए । यसरी सामान्य नेपाली र अङ्ग्रेजी भाषाको समेत ज्ञान नभएका नोर्बु डोल्पाको विकट गाउँबाट प|mान्ससम्म पनि पुगे । त्यहाँ उनले ज्याक्वेसको घरमा २ह२ मिटरका पाँचवटा थाङ्का चित्र तयार पारे । नेपालमा हुँदा चार हजार पाँच सयबाट सुरु भएको उनको तलब प|mान्स पुगेपछि एक हजार अमेरिकी डलर पुग्यो । यसरी उनको जीवनले अझै अर्को फड्को मार्यो ।

अब त उनको व्यवसायिक कलायात्राले पनि एक दशक नाघी सकेको छ । यो अवधिमा उनी धेरैपटक विदेशमा आफ्नो कलामार्फ चिनिइसकेका छन् । तर, नेपालमा उनलाई चिन्ने धेरै छैनन् । आफ्नो कलायात्रामा उनले तीन प|mेन्च किताब निकालिसकेका छन् । त्यस्तै अमेरिकाको एउटा विश्वविद्यालयमा समेत थाङ्का सिकाउन पुगिसकेका छन् र देशविदेशमा गरि उनले धेरै पटक आफ्नो चित्रकलाको पर््रदर्शनी समेत गरिसकेका छन् । यसरी विभिन्न देशविदेश घुमे पनि आफ्नो मातृभूम्रि्रतिको कर्तव्य उनले बिर्सर्ेे् । २०६० सालमा उनले आफ्नो थाङ्का पर््रदर्शनी काठमाडौंमा गरेका थिए । त्यस पर््रदर्शनीबाट उठेको रकमबाट एक लाख रुपैयाँ आफ्नो गाउँमा स्कुल खोल्न सहयोगस्वरूप प्रदान गरेका थिए । अब यही आउँदो सेप्टेम्बरमा पनि आफ्नो थाङका कला पर््रदर्शनी गर्न नोर्बु फेरि प|mान्स जाने तयारी गर्दैछन् । अब त उनी सहरी जीवनको चकाचौधमा रमिसकेका छन् । तर, कहिलेकाहीँ निसासिँदै भन्छन्, 'निकै व्यस्त हुँदा गाउँको फर्ुसदको जीवन झल्झली सम्भिmन्छु ।'

समय साप्ताहिक
साउन १३, २०६२

  © 2009 Sangee Shrestha. All Rights Reserved. Powered by: