बङ्गलादेशमा नेपाली कलाकार
नेपाल र बङ्गलादेशको सम्बन्ध, संस्कार, संस्कृति र कलाको प्रविधिलाई कलाको माध्यमद्वारा आदान प्रदान गर्ने उद्देश्यले नेपाली कलाकारहरु बंगलादेशको ढाकातर्फप्रस्थान गरेका छन् । उक्त कलाकार टोलीलाई कलाकार उत्तम नेपाली, गायक तथा संगीतकार रामेश, रायनलगायतले टिकाटालो गरी बिदाइ गर्नु भएको थियो । करिब १५ दिनको उक्त कलायात्रामा नेपाली कला र संस्कृतिलाई मौलिक ढंगले प्रस्तुत गरिने सहभागी कलाकार संगी श्रेष्ठले बताउनुभयो ।
- अन्नपर्ूण्ा पोष्ट, २०६२ पुस ६
यस कला यात्राको प्रमुख विषय भने 'शान्ति र मानवता' रहेको छ । सहभागी कलाकार संगी श्रेष्ठका अनुसार चित्रकला मार्फ समाजका विषयवस्तुलाई उतारेर मानिसहरुमा शान्ति र मानवताको जागरण ल्याउने प्रयास हो यो ।
- नेपाल, २०६२ पुस १७
ढाकास्थित चारुकला फाइन आर्ट कलेजका विद्यार्थीहरुको निम्तोमा टोली बंगलादेश गएको थियो । चारदिने कार्यशालामा टोलीले नेवारी संस्कृति देखि मुलुकले व्यहोरिरहेको द्वन्द्वसम्म उतार्न भ्याए । 'मैले कुनै हालतमा पनि काठमाडौं र मेरो समाज भुल्न सकिनँ' चौबन्दी चोली लगाएर नृत्य मुद्रामा खडा महिला आकृति देखाउँदै सँगी श्रेष्ठले भनिन् - ' यो त्यही सम्झनाको उपज हो ।'
- कान्तिपुर, २०६२ माघ ७
|