जर्मनी कलाकार जुडिथ हेकरसँगको कला पर््रदर्शनी
कलाकार संगी श्रेष्ठ र जर्मनी महिला कलाकार जुडिथ हेकर संयुक्त चित्रकला पर््रदर्शनीमा उत्रिए । नेपाली चित्रकलाको क्षेत्रमा महिला कलाकारहरूको संख्या अत्यन्तै थोरै छ । त्यसमा पनि सक्रिय महिला कलाकारहरूको संख्या त औंलामा गनी सकिन्छ । यही थोरै महिला कलाकारहरूको पंक्तिमा उभिएकी छिन् - संगी । विगतमा प्रदर्शित उनका चित्रहरू भन्दा हाल पर््रदर्शनीमा रहेका चित्रकलामा भावना खनिएका छन् । आत्मा र परमात्माका कुरा गर्छन उनी । दियो बालेर उज्यालो खोज्छिन उनी ।
- स्पेसटाइम दैनिक, २०५९ भदौ ३
पर््रदर्शनीमा कलाकार संगी श्रेष्ठको सम्पदा र भावनासँग सम्बन्धित कलाकृतिहरू रहेका छन् । पछिल्लो समयमा निकै सक्रिय र स्तरिय काम प्रस्तुत गर्दै आइरहेका कलाकार श्रेष्ठ नेपाली कला क्षेत्रमा राम्रो सम्भावना बोकेर देखापरेकी नारी कला शिल्पी हुन् ।
- हिमालय टाइम्स, २०५९ भदौ ३
पर््रदर्शनीमा कलाकार संगी श्रेष्ठका तैल र पानी रङ्गमा सिर्जना गरिएका चित्रकलाहरूमा कला, धर्म, संस्कृति र सम्पदा विषयको प्रधानता रहेको पाइन्छ । आफ्ना भावनाहरू मर्ुत चित्रबाट पनि व्यक्त गर्न सकिन्छ भन्ने मान्यता राख्ने कलाकार संगीका दियो बलिरहेका केही चित्रहरूमा भावनात्मक प्रस्तुति पाइन्छ ।
- राजधानी, २०५९ भदौ ७
विषयगत दृष्टिकोणले संगी श्रेष्ठ र जुडिथ हेकरको यो पर््रदर्शनी झट्ट हर्ेदा दर्ुइ चिरामा विभक्त छ । चित्रकार संगी श्रेष्ठ हामी, हाम्रै र प्रत्यक्ष वरिपरि हाम्रै दृश्य दुनियाँमा छन् भने जुडिथ हेकर अप्रत्यक्ष दुनियाँमा ।
संगीका चित्रहरूमा हाम्रा दैनिक जीवनका संस्कार, संस्कृति र चलन भोगहरूको प्रतिविम्व उतारिएका छन् । परिचित विषयवस्तुबाट पनि चित्रमा धेरै कुराहरु व्यक्त गर्न सकिन्छ भन्ने यसबेलासम्मको यिनको मान्यता छ ।
- नेपाल समाचारपत्र, २०५९ भदौ ३१
पर््रदर्शनीमा कलाकार संगी श्रेष्ठले जुडिथको भन्दा भिन्दै सन्देश दिने कलाहरु राख्नु भएको छ । बेवास्ता गरिएका ऐतिहासिक, धार्मिक एवम् सांस्कृतिक सम्पदाहरुलाई कलाकार संगी श्रेष्ठले आफ्नो कला मार्फ चिनाउने जमर्को गर्नुभएको छ । मान्छेको दृष्टि पुगेको तर बेवास्ता गरिएका सम्पदाहरु देखेपछि भावनामा डुबेर ती सम्पदाहरुको महत्वलाई कला मार्फ चिनाउन पोख्त हुनुहुन्छ - उहाँ ।
-गोरखापत्र, २०५९ भदौ ८
|