ओशो तपोवनमा प्रतिस्थापन कला
युवा सिर्जनशिल कलाकारहरूको एउटा समूह नागार्जुनको ओशो तपोवनमा खुला आकाशमुनि प्रकृतिलाई बुझ्न र सिर्जना गर्न ५ रात ४ दिन त्यहिँ बसेको थियो । प्रकृतिलाई नै सहभागी कलाकारहरूले क्यानभास बनाएका थिए भने त्यहाँ प्राप्त प्राकृतिक साधन र स्रोत रङ्ग र रेखा बनेका थिए ।
संगी श्रेष्ठले तीनकुने जमिनमा ढुङ्गा, बालुवा, माटोको घेरा बनाई पञ्चतत्वको प्रतिनिधित्व गराएकी थिइन् । तीनकुने जमिनमाथिबाट चारैतिर धागोको धर्काहरू झुण्डिएका थिए । त्यस त्रिकोणको भित्र मध्यभागमा माटोको पीडित मान्छेको भावयुक्त टाउको राखिएको थियो । मान्छे नचाहँदा नचाहँदै पनि माया, लोभ आदि इण्द्रिय सुखमा अल्भिmरहन्छन् । अर्को अर्थमा मानिस सधैँ आफ्नो अस्तित्वका लागि लडिरहन्छ । मानिसले यी समस्या, समवेदना र इच्छाहरूबाट निस्कन खोज्नर्ुपर्छ । माथि उठ्न खोजेमा माथि खुला आकाश अर्थात शान्ति मुक्ति पाउन सक्छौ भन्ने मान्यतालाई आधार मानेर बनाएका उनका प्रतिस्थापन कला अपेक्षाकृत सादा र मौनतालाई प्राथमिकता दिँदै उच्चकोटीको बनेको थियो । उनको प्रतिस्थापन कला प्रकृतिको वरिपरिको वातावरणसँगको संयोजन पर्ूण्ारुपमा मिलेको हुनाले लयबद्ध लाग्दछ ।